सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पहिलोपटक ‘कुमा सागर एन्ड द ख्वपा’को लाइभ कन्सर्ट हुँदै

२०८३ कार्तिक १९, १२:५५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा पहिलोपटक लोकप्रिय सांगीतिक समूह ‘कुमा सागर एन्ड द ख्वपा’को लाइभ कन्सर्ट आयोजना हुने भएको छ।

आगामी कात्तिक २० गते धनगढीस्थित ओम प्यालेसमा उक्त सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रमबारे मुख्य आयोजक क्रोमेटिक नेपाल इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत कल्पित हमालले जानकारी दिएका हुन्।

क्रोमेटिक नेपाल इन्टरटेनमेन्ट र मी इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको उक्त कन्सर्टमा कुमा सागर एन्ड द ख्वपाले आफ्ना लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन अर्बन ड्रेप्सले क्लोथिङ पार्टनरका रूपमा सहकार्य गरेको छ भने एक्सट्रिम इनर्जी ड्रिंक, म्युजिक सप, १२:५० अन द बिट, बी_क्यास र आदर्श बमले सहयोगी साझेदारका रूपमा साथ दिएका छन्।

धनगढीमा पहिलोपटक आयोजना हुन लागेको यस कन्सर्टले स्थानीय संगीतप्रेमी तथा युवामाझ उत्साह थप्ने विश्वास आयोजकले लिएका छन्।

कमेन्ट लोड गर्नुस