गीत संगीतमा वढ्दो डोटेली भाषाको प्रयोग
कुनै बेला सुदुर र मध्यपश्चिमका ग्रामीण भेगका मेलापातमा घन्किने लोक देउडा भाका हिजोआज लोप हुन लागेका छन् ।
पहिले मेलापात र बनपाखाहरुमा गुञ्जने ठाडी भाका र देउडा भाकाहरु नयाँ आउने क्रम रोकीएपछि लोप हुने अवस्थामा पुगेका हुन ।
बढ्दो आधुनिकतासँगै ¥याप र पप शैलीमा देउडा गीत नाम दिएर बजारमा ल्याउने क्रम त रोकिएको छैन् तर के ति गीतहरुले मौलिकता जोगाउन सकेको छ त ?
भन्ने प्रश्नका विच गीत संगीतमा डोटेली भाषाको प्रयोग वढेको छ भने यसले चर्चा पनि वटुलिरहेको छ ।
गायक चेतन बोहराको स्वरमा रहेको डोटेली भाषाको प्रयोग गर्दै तयार पारिएको धौलीको व्या नाम गीत गीत युटुवमा सार्वजनिक गरिएको झण्डै ५ महिना मात्रै भएको छ । तर युटुवमा यो गीत झण्डै साढे १० लाख पटक हेरिएको छ । देउडाको लय, भाका र मर्म बोकेका गीतहरु युटुवमा राखिदा एक लाख पटक पनि हेरिएको भेटिदैन । तर डोटेली भाषाको प्रयोग गरी लोक, पप देउडा शैलीमा ल्याईका गीतहरुले भने एक पछि अर्को गर्दै चर्चा बटुलिरहेको र यसले आफुहरुलाई हौसला पनि थपिरहेको सो गीतका गायक चेतन बोहराले वताए ।
पुरानो पुस्ताले मन पराउने लोक देउडा र ठाडी भाका नयाँ पुस्ताले सहजै ग्रहण गरिरहेका छैनन् । त्यसैले पनि देउडा नभएर नयाँ पुस्ताले स्वीकार्न सक्ने गरी डोटेली भाषाको प्रयोग गर्दै गीतहरु बजारमा आउने क्रम बढिरहेको हो । तर डोटली भाषाको प्रयोग गर्दै निकालिएका ती गितहरुलाई स्वयम गायकहरुले पनि देउडाको दर्जा दिएका छैनन् । लोक, पप देउडाका ¥यापर कञ्चनपुरका राजेन्द्र भट्ट डोटेली भाषालाई आधुनितकासँग ढालेर व्यवसायिकतातिर लागेको वताउँछन । लोक, पप देउडाका ¥यापर कञ्चनपुरका राजेन्द्र भट्टले स्वर, संगीत र कम्पोज गरेका धेरै गीतहरु लाखौं पटक युट्युवमा हेरिएका छन ।
कुनै वेला डाडाँपाखा र गाउँवस्तीमा घन्किने देउडा गीतहरु अहिले पनि बजारमा आईरहेका छन् । केहि सक्रिय पुराना गायक, गायिकाहरुले ठेट देउडा गित पनि बजारमा ल्याईरहेका छन् । तर ति गितहरुले श्रोता दर्शकहरुलाई संगीतको भोक मेटाउन सकिरहेको छैन । देउडा र पछिल्लो समय डोटेली भाषाको प्रयोग गर्दै लोक, पप देउडा शैलीमा ल्याईएका गीतहरु बिच दुर–दुर सम्मको सम्वन्ध नरहेको गायक, गायिकाहरुको भनाई छ । देउडाको शैली कुनै पनि हालतमा परिवर्तन नहुने तर सुदुरपश्चिमको भाषालाई भने श्रोता दर्शकले जसरी बुझ्छन त्यसैगरी गीत मार्फत बुझाउने अभियान मात्रै रहेको डोटेली भाषाको प्रयोग गर्दै नयाँ शैलीमा गीत ल्याएर चर्चित भएका गायक चक्र बमको धारणा रहेको छ ।
डोटेली भाषाको प्रयोग गर्दै ल्याईएका गीतहरु अहिले यस क्षेत्रका सबै डिजे पार्टीहरुमा घन्किरहेका हुन्छन् । ती गीतमा डोटेली भाषाकै ¥यापले पनि नयाँ पुस्ता थप उत्साहित भएको छ । पाका कलाकारहरु पलायन भएसंगै देउडाको वास्तविक भाका र मर्म बोकेका गीतहरु आउने क्रम पनि रोकिएका बेला यस्ता गीतहरुले डोटेली भाषाको प्रतिनिधित्व गरिरहेको छ । तर ती गीतहरुलाई देउडाको दर्जा दिएर प्रचार गर्न भने नमिल्ने देउडाका पाका गायक नन्दकृष्ण जोशीको वुझाई छ ।