सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैर मुसी चैरले सरकारी जागिर खोस्यो तर चर्चित देउडा गायक बनायो

२०७५ वैशाख १५, ११:४०

भनिन्छ नसा लागेपछि छुटाउन सबैका लागी मुस्कील बिषय हो । झन संगितको नसा लागेको छ भने त त्यसलाई पटक्कै छोड्न सकिदो रहेनछ । संगीतकै लागि जिवनका थुप्रै अवसरहरु गुमाएका उदाहरण सुदूरपश्चिममा पनि छन् ।

त्यस्तै अवसर गुमाएर देउडा संगितको नगरीमा पाईला टेकेका थिए नरेन्द्रराज रेग्मीले, झण्डै ३ दशक अगाडी रेडियो नेपालमा स्वर परिक्षणमा उत्तिर्ण भईसकेपछि रेकर्ड गरिएको गित हो चैर मुसी चैर हो । यहि गितले नै गायक नरेन्द्रराज रेग्मीलाई चर्चाको शिखरमा पुगायो । अहिले पनि यो गित धेरै श्रोताको मन मस्तिष्कमा छ ।

तर रेकर्ड हुनभन्दा झण्डै १ बर्ष अगाडी २०४४ सालमा बझाङ जिल्लामा एउटा सरकारी विद्यालयका स्थायी शिक्षक रहेका गायक रेग्मीले एउटा सास्कृतीक कार्यक्रममा यहि गित गाएपछि सरकारी जागीर नै छोड्नु परेको थियो । यो गितका शव्दले राजाको अपमान गरेको भन्दै बझाङका तत्कालीन प्रमुख जिल्ला अधिकारीले राजद्रोहको मुद्धा चलाएपछि गायक रेग्मीले सरकारी जागीरसंगै बझाङ जिल्ला पनि छोडे ।

गायक रेग्मीलाई लागेको संगितको नशाले ६ बर्षदेखीको सरकारी जागीर छुटायो तर संगितको साधना छुटाउन सकेन् । सरकारी जागीर छोडेपछि पहिलेजस्तो विद्यार्थी र कलमसंग खेल्न नसक्ने भए, सरकारी जागीरको व्यवस्ताबाट छुटकारा पाए अनि त्यहि सजायले रेग्मीलाई लोकप्रीय गायक पनि बनायो ।
संगीत प्रति रेग्मीको लगाव भने शिक्षक पेशा सुरु गर्नुभन्दा धेरै पुरानो हो । २०१६ सालमा बझाङको, मालुमेला गाबिसमा जन्मिएका रेग्मीले स्कूल पढुञ्जेल स्कूलमै गीत गाए, ६ बर्षको सरकारी जागीरे समयमा पनि देउडा गीत लेख्ने र गुनगुनाउने क्रम रोकिएन ।


सरकारी जागीर छुटेपछि, त्यसको १ बर्षपछि २०४५ सालमा रेडियो नेपालमा स्वर परिक्षणमा उत्तिर्ण भएपछि पहिलो एल्वम निकालेका रेग्मीले सुरुमै त्यहि गित चैर मुसी चैर रेकर्ड गराए । त्यसै गितले रेग्मीलाई चर्चीत बनायो र त्यसपछि रेग्मीले गाएका दर्जनौ गित चर्चीत भए ।

झण्डै ३ दशक लामो सांङगीतीक यात्रामा रेग्मीले आफ्नै ७० वटा एल्वम बजारमा ल्याएका छन् । आजभन्दा झण्डै ढाई दशक अगाडी गायीका नपाएर सुरुवातका ५ वटा एल्वम एकल आवाजमा निकालेको तितो अनुभव गायक नरेन्द्रराज रेग्मीसंग छ । केन्द्रमा रहेका गायीकाहरुले सुदुरपश्चिमको भाषा नबुझे्ने भन्दै पन्छीने र सुदुरपश्चिममा गायीका पाउन मुस्कील पर्ने तत्कालीन समयमा रेग्मीको एकल संघर्ष जारी रह्यो ।
गायक रेग्मीले सुदुरपश्चिमको देउडा गितलाई विस्तार गर्ने क्रममा पुर्वका कलाकारहरुलाई पनि देउडा गितमा स्वर दिन लगाएर एउटा महत्वपुर्ण पुलको काम गर्दै आएका छन् । सुदुरपश्चिमकै मेला महोत्सवमा पुर्वका कलाकारको हालीमुहाली हुन थालेपछि यो क्षेत्रमा गित गाउँन धेरैले देउडा गित गाएका पनि छन् ।

 


रेग्मीले राष्ट्रिय कलाकारहरुलाई पनि देउडा गित गाउन लगाएर देउडाको विस्तारीकरणमा खेलेको भुमिका सम्झन लायक छ । धेरै देउडाका गायक गायीकाहरु पलायन भईसकेका छन् तर रेग्मीको अहिले सम्म पनि देउडा संगितमै साधनगा जारी छ । गायक रेग्मीले देउडासंगीतमै लामो समय साधना गरेर नाम कमाए र लाखौ श्रोता दर्शकको मायाँ पनि पाए ।

गायक नरेन्द्रराज रेग्मी भन्छन्, संगीतमा लागेर सरकारी जागीर छोडेको पिडा बिर्सने प्रयास गरिरहेको छु ।

रेग्मीको नयाँ गित हेर्नुहोस :

कमेन्ट लोड गर्नुस