सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी प्रिमियर लिगः महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा

२०७४ चैत्र २७, ०५:२४

धनगढी प्रिमियर लिग अन्तर्गत आज दिउँसो भएको खेलमा जित हात पार्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । छिमेकी टोली सीवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर दोस्रो क्वालिफायरमा पुगेको हो ।

फाईनल प्रवेशका लागि महेन्द्रनगरले अव पहिलो क्वालिफायरको पराजित टोली काठमाण्डौ गोल्डेन्ससँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो क्वालिफायर भोली दिउँसो संघीय प्रहरी इकाई कार्यालयको मैदानमा हुनेछ । 

प्रदेश ७ को संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा टस हारेर व्याटिङ गरेको महेन्द्रनग युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन वनायो ।

महेन्द्रनगरका लागि आरिफ शेखले ३७ वलमा ५ चौकाको मदत्तले सर्वाधिक ३५ रन जोडे । पुनित मेहराले २६ रन वनाए । करण केसीले १३ वलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २४ रन बनाए । आसिफ शेख र रोहित पौडेलले समान ११ रन बनाए ।

सीवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, सुभांकर उराउ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले एक एक विकेट लिए ।

महेन्द्रनगरले दिएको १३१ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको सीवाईसीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो ।

कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए । विपिन चन्द्रा २९ वलमा २८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले २७ र गौरव चित्कारा १४ रनले वनाए । 

महेन्द्रनगरका लागि रोविन क्षत्रीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले एक विकेट लिए । 
 

कमेन्ट लोड गर्नुस