नाइँ न भन्नु ल ५ मा निरुता सिंहको प्रवेश
चर्चित सिक्वेल नाइँ न भन्नु लोक ५ औ सिरिजमा अभिनेत्रस् निरुता सिंह अनुबन्धित भएकी छिन्। करिब ५ वर्षपछि नेपाल आएकी निरुता ’नाई न भन्नु ल ५’ मा अतिथि भूमिकामा अनुबन्धित भएकी हुन्। उनी चलचित्रमा बाल कलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिने भएकी छिन्। एक अवार्डमा सहभागी हुन नेपाल आएकी निरुता शुक्रवार नै भारत फर्किने तयारीमा थिइन् तर चलचित्रमा अनुबन्धित भएसँगै उनी अब केही दिनमा नेपालमा बस्ने छिन्। निरुताले केही दिन अघि सिनेपाटीमा अन्तरवार्ता दिँदै राम्रो कथा र आफूलाई सुहाउने भूमिका भए चलचित्रमा काम गर्न तयार भएको बताएकी थिइन्। भदौ ८ गते देखि रिलिज हुने चलचित्रलाई विकास राज आचार्यले निर्देशन गर्दै छन्। चलचित्रमा निरुतासँगै प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेपाटी