सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदीप स्टारर ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक

२०७४ फाल्गुन २३, ०७:५८

युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षारत वनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

हजारौ यूवतीको ढुकढुकी बनेका प्रदीपको यो फिल्मको ट्रेलरले उचाई पाउनेमा निर्माण पक्ष ढुक्क छ । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो । प्रदीप र नवनायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही खलनायक बनेका छन् ।
ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । प्रदीपले बोलेका केही संवाद मन छुने खालका छन् ।

चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । ‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । युथ जेनेरेसन लभस्टोरी भनिएको फिल्म रेगुलर लभ स्टोरी जस्तो पनि नभएको निर्देशक चाम्स बताउँछन् । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सुदिप बरालले फिल्म खिचेका हुन् ।

(ट्रेलर हेर्नुहोस्)

कमेन्ट लोड गर्नुस