मोफसल टुरमा चलचित्र ‘शत्रु गते’
चलचित्र ‘शत्रु गते’ ले आजदेखि मोफसल टुर सुरु गदैछ । गीत संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ मोफसलका दर्शक तान्न टुर गर्न लागेको हो ।
‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन । टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् ।
टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।
फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।
यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।