शारुकको प्रेममा छिन् मलिना ?
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीलाई काँचको पर्दा फलिफाप रहेन । उनको डेब्यु फिल्म ’ऋतु’ देखि पछिल्लो रिलिज फिल्म ’लिला’ सम्म सबै असफल छन् । जुनसुकै फिल्ममा अनुवन्धित हुने बानी उनका लागि अहिले घातक बनिरहेको छ । अभिनयबाट ’वाहवाही’ बटुल्न नसकेपनि उनको लभ लाइफको पाटो भने राम्रै चर्चामा रहने गर्छ । अभिनेता अनुप विक्रम शाहीसँगको प्रेमलाई पूर्ण्विराम लगाएपश्चात् यतिबेला उनी फिल्म ’रानी’ का डेब्यु ब्वाई शारुक ताम्राकारको प्रेममा रहेको चर्चा छ ।
मलिनाको इन्स्टाग्राममा अपलोड तश्बिरहरुले पनि यी हल्लालाई थप मलजल र्पुयाएको छ । केही दिन यता उनको इन्स्टामा शारुकसँगका तश्बिरहरु नै बढी शेयर भएका छन् । उनले ’माई लभ’ जस्ता क्याप्सनमा फोटो शेयर नगरेपनि यी दुई गहिरो प्रेममा रहेको भाव उनीहरुको रोमान्टिक पोजले व्यक्त गर्छ । इन्स्टामा शारुकसँगका तश्बिर शेयर गर्दा अधिकांशले ’लाइस कपल’ भन्दै कमेन्ट गरेका छन् । एकदिन अगाडि कालिञ्चोकबाट मलिनाले शारुकलाई अंकमाल गरेको तश्बिर इन्स्टामा पोस्ट गरेकी छिन् ।
जहाँ धेरैले ’लभ्ली कपल’ भन्दै कमेन्ट लेखेका छन् । यसअघि पनि मलिनाले शारुकसँगका केही रोमान्टिक तश्बिर इन्स्टामा राखेकी छिन् । यसबाट अनुपसँग ब्रेकअप भएपछि यतिबेला मलिना शारुकसँगको प्रेममा रमाइरहेको बुझ्न गाह्रो छैन । यी दुईले फिल्म ’रानी’ मा एकसाथ काम गरेका थिए ।
फिल्मीखबर