सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कहिँ कतै’ को गीतमा शिवानीको बोल्ड अवतार (भिडियो)

२०७५ वैशाख १३, ०५:३६

श्रावण २५ गतेलाई प्रदर्शन मिति तय गर्दै उमा ’बेबी’ गिरी निर्मित तथा अभिनीत फिल्म ‘कहिँ कतै’ को गीत रिलिज गरिएको छ। बिहीवार राजधानीमा एक कार्यक्रमका बीच भारतमा प्रदर्शनका लागि यूट्यूबमा रिलीज भईसकेको ’झ्वाँईय झान...’ बोलको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । सचिन सिंहको संगीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् । यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । शिवानी, उमाकी छोरी हुन् । यतिबेला उनी नयाँ दुई फिल्मको काममा व्यस्त छिन् । बोल्ड पहिरनमा कार्यक्रममा उपस्थित भएकी उनी गीतमा पनि बोल्ड रुपमा प्रस्तुत भएकी छन् । उनले यस फिल्मबाट ठूलो आशा बोकेको बताइन् । 
फिल्मीखबर
 

कमेन्ट लोड गर्नुस