‘झोला’ निर्देशकको ‘भोर’ टिजरमा के छ ?
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निदेर्शित फिल्म ‘भोर’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।
टिजरमा दाईजोको पीडा झल्काइएको छ । बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले मधेशको सबैभन्दा ठूलो समस्या दाईजो प्रथाको यथार्थ कथा बोल्छ ।
फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । दिपक बज्राचार्यले छायांकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् ।
कृष्ण धारावासीको कथामा आधारित फिल्ममा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख भूमिकामा छन् ।