‘लम्फू’ को ट्रेलर सार्वजनिक
वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ। ट्रेलरमा नव-नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ ।
अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी 'दिवाना' भएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।
फिल्मीखबर