‘हुर्रे’को ट्रेलर सार्वजनिक
चलचित्र ‘हुर्रे’को ट्रेलर सार्वजनिक भएको छ । दावा शेर्पाको निर्माणमा बनेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो । याखा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको ट्रेलरमा विशेष कमेडीको पाटोलाई देखाइएको छ ।फाल्गुन २५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा यम थापाको संवाद तथा निर्देशन रहेको छ। चलचित्रमा अकिंत खड्का,राजाराम पौडेल,केकी अधिकारी, विजय बराल, अनुप विक्रम शाही लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
https://youtu.be/BQWM4glVOvo