सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

२०८० फाल्गुन ८, ०५:४३ खबर संवाददाता

काठमाडौँ: दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो। यसअघि शुक्रवार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

कमेन्ट लोड गर्नुस