सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगजनी भएको बसका चालकको अवस्था गम्भीर 

२०८३ असोज ५, ०३:१७ खबर संवाददाता

काठमाडौंः काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। 

कीर्तिपुर अस्पताल ९बर्न अस्पताल०का वरिष्ठ प्लाष्टिक सर्जन डा। शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए । 

घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पु¥याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो । 

बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
 

कमेन्ट लोड गर्नुस