सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन उम्मेदवारी दर्ता गर्ने समय भोलि दिउँसो १ बजेसम्म

२०८० फाल्गुन २७, ०७:०६ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको लागि भोलि बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले आइतवार एक सूचना जारी गर्दै भोलि ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउन आग्रह गरेका हुन्। निर्वाचनअन्तर्गत दर्ता भएका सूचनाको भोलि साढे १ बजे सूची प्रकाशित गर्ने र फागुन २९ गते राष्ट्रिय सभा बैठकमा निर्वाचनको प्रक्रिया पूरा गरिने छ।

११ बजेर ९ मिनेटमा बस्ने सभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थकले गर्ने कार्यक्रम छ। एकभन्दा बढी प्रस्तावको सूचना आएमा संक्षिप्त छलफल गर्ने र प्रस्तावलाई दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
null

कमेन्ट लोड गर्नुस