राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा पार्टीको जिम्मेवारीबाट राजीनामा
२०८० चैत्र २, ०५:०३
काठमाडौँः राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
कमेन्ट लोड गर्नुस