सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ३ शव फेला

२०८३ भदौ ३१, ०४:३३ खबर संवाददाता

काठमाडौं: रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र  ३ वटा शव फेला परेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेताका अनुसार खोजीको क्रममा बुधबार दिउँसो ३ वटा शव फेला परेका हुन् । 

फेला परेका शवमध्ये २ शव उद्धार गरी बाहिर निकालिएको छ भने एक शव बाहिर निकाल्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । 

गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धार जारी छ । उक्त बाढीले यहाँका ११ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।  

कमेन्ट लोड गर्नुस