सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति (सहमतिपत्रसहित)

२०८० चैत्र २, ०५:१९ खबर संवाददाता

काठमाडौँः लामो समयदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीडित र सरकारबीच आज ६ बुँदे सहमति भएको छ।

अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो। सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी व्यवस्थाका लागि राष्ट्र बैंकलाई सिफारिस गर्न अनुरोध गर्नेलगायतका विषय समेटिएको छ।

आज भएको सहमतिपत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन्।

कमेन्ट लोड गर्नुस