सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाइते अवस्थाको आठ फिट लामो अजिङ्गरको उद्धार

२०८० चैत्र २०, ०५:५५ खबर संवाददाता

दमौली: तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए। अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ। 'स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिएका थिए।', वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, 'देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ।'

कमेन्ट लोड गर्नुस