सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट डेढ लाख बराबरको भन्सार छलिको सामान बरामद

२०८१ वैशाख १५, १०:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले डेढ लाख बराबरको सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० तिनतारा, बेलौरी नगरपालिका–१ फटैया र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतबाट भन्सार छलि ल्याएका अन्दाजी एक लाख ४८ हजार ७७५ मुल्य बराबरको प्याज, चिनी, लेडिज सुट, कपडा, वाईरिङका सामान, जुत्ता, मोटरसाईकलको ट्युव, चेन, हार्डबेयर, किराना लगायतका सामान बरामद गरेको छ।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस