सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल ६ विकेटले विजयी

२०८१ वैशाख २२, ०४:३५ खबर संवाददाता

काठमाडौंः नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिवार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो।

वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो। नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको हो। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो। १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे। खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए। तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए। ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो। दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। नेपाली बलर सागर ढकाल र सोमपाल कामीले समान ३–३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए। 
 

कमेन्ट लोड गर्नुस