धनगढीमा डिजिटल बोर्डमार्फत एनपीएलका खेल देखाइने
२०८३ कार्तिक ९, ११:५२
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेल धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गको डिजिटल बोर्डमा प्रदर्शन गरिने भएको छ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले खेल डिजिटल बोर्डमार्फत प्रदर्शन गरिने जानकारी दिँदै इच्छुक नगरवासीलाई खेल हेर्न आग्रह गरेका छन्।
एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
कमेन्ट लोड गर्नुस