सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते

२०८१ वैशाख २३, ०७:५६ खबर संवाददाता

बैतडीः बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका– १ का ४६ वर्षिया धोली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परि घाइते भएका हुन्।

अवस्था भने मध्यम रहेको छ। उनीहरुको जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफेर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस