सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कान्द्रा नदीमा हुलाकी राजमार्गले तटबन्ध गर्दै

फाइल फोटो
फाइल फोटो
२०८१ वैशाख २७, १०:३६ कमल सावद

धनगढी : कैलालीको कान्द्रा नदीमा हुलाकी राजमार्गले तटबन्ध निर्माण गर्दै छ। जिल्लाको भजनी नगरपालिकासँग जोडिएको हुलाकी राजमार्गलाई कान्द्रा नदीले क्षति पु¥याएपछि सो क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो।

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका अनुसार १३ करोड ७९ लाख ७४ हजार तीन सय ३० रुपैयाँमा २०८० वैशाख १४ गते तटबन्ध निर्माणका लागि सम्झौता भएको थियो। अकेला–अट्लान्टीक–एलआइके जेभी रसुवले तटबन्ध निर्माणको काम गर्दै छ। २०८१ कात्तिक १३ गतेसम्म तटबन्ध निर्माणको समय अवधि रहेको छ। निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत काम पूरा गरेको छ। एक किलोमिटर सडक कालोपत्र समेत गर्नुपर्ने छ।

नदीको कटान नियन्त्रण गरी हुलाकी राजमार्ग र नजिकको बस्ती जोगाउने उद्देश्यले राजमार्ग निर्देशनालयमार्फत सङ्घीय सरकारको लगानीमा तटबन्ध निर्माण जारी रहेको हो। भजनी–५ र ७ स्थित लालबोझी र कुटीमा तटबन्ध निर्माण भइरहेको राजमार्ग आयोजनाको कार्यालयले जनाएको छ। हुलाकी राजमार्ग, योजना कार्यालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायतले लालबोझीमा एक हजार ८५ मिटर र कुटीमा तीन सय मिटरमा ग्याबिनसहितको तटबन्ध निर्माण भइरहेको बताए।

कान्द्रामा आएको बाढीले लालबोझीमा हुलाकी सडक कटान गर्दै आएको छ। राजमार्ग कटान गरेको क्षेत्रमा एक किलोमिटरमा कालोपत्रे सडकसहित तटबन्ध निर्माणको काम गर्न ठेक्का सम्झौता गरिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस