सुदूर नेपाललाई विश्वसँग जोड्दै

बबई नदिमा डुबेर दाजुभाईको मृत्यु

२०८१ जेठ २, ०५:५५ खबर संवाददाता

दाङः बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मंगलवार मृत्यु भएको हो। दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा–आमासङ्गै आएको स्थानीयले बताएका छन्।

ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ वर्षीय दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको छ।

यस्तै १६ वर्षका दिपेश परियारको बबई नदिबाट शव निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिए। मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ। शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस