सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री शाहसँग सभापति लामिछानेको भेट

file photo
file photo
२०८३ भदौ १५, ०३:४८ रासस

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए। 

भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस