सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चितुवा मृत फेला

२०८१ जेठ ३, ०४:५६

धनगढी : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा पाँच वर्षको चितुवा मृत फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चितुवाको कम्मरमा घार रहेको छ। स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो। मृत चितुवालाई प्रहरीले डिभिजन वन कार्यालय, डडेल्धुराको जिम्मा लगाएको छ।

 

कमेन्ट लोड गर्नुस