सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम घर भएका पूर्वमन्त्रीसहित छ जनालाई चार दिन हिरासतमा राख्न अनुमति  

२०८३ मंसिर ३, ०५:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम घर भएका पूर्वमन्त्रीसहित छ जनालाई चार दिन हिरासतमा राख्न अनुमति  प्रदान भएको छ। वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका छ जनालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुदूरपश्चिम घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवरसहित छ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा पूर्वमन्त्री रामेश्वर राय यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।

उनीहरूलाई वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा सीआईबीले पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस