सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय अनुसन्धान विभागद्वारा २५२ कर्मचारी माग

२०८१ जेठ ११, ०८:२५ खबर संवाददाता

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ। सहायक सूचक र  सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ।

कमेन्ट लोड गर्नुस