कैलाश सिरोहिया थप तीन दिन हिरासतमा रहने
काठमाडौँः कान्तिपुर मिडिया ग्रुुरुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
शुक्रवार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतवारसम्मको समय दिएको छ। यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधवार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो।