मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान
काठमाडौँः मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८० का लागि दरखास्त आह्वान गरेको छ।
आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ। फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेरदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्यायाएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ। मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ।
फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।