सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मीमा सावधानी अपनाउन मौसमविद्को सुझाव

२०८१ जेठ १९, ०६:०९ खबर संवाददाता

काठमाडौँः शुक्रबार देशका विभिन्न चार स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि मापन भएको छ ।

नेपालगन्जमा सबैभन्दा बढी ४३ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो बिहीबारभन्दा १।२ डिग्री सेल्सियसले कम हो । शुक्रबार नेपालगन्जसहित कैलालीको धनगढी, डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

धनगढीमा ४२।५, दिपायलमा ४१।२ र वीरेन्द्रनगरमा ४०।४ डिगी सेल्सियस मापन भएको महाशाखाको वेबसाइटमा उल्लेख छ । अघिल्लो दिन बिहीबार अधिकतम तापक्रम नेपालगन्जमा ४४।२, धनगढीमा ४४।१, वीरेन्द्रनगरमा ४१ र दाङको घोराहीमा ४०।२ डिग्री सेल्सियस मापन भएको थियो ।

शुक्रबार नेपालगन्ज, धनगढी र वीरेन्द्रनगरमा केही मात्रामा घटे पनि दिपायलमा भने अघिल्लो दिनभन्दा २।६ डिग्री सेल्सियसले बढ्यो । बिहीबार दिपायलको अधिकतम तापक्रम ३८।६ डिग्री सेल्सियस अथवा खतराको तहमुनि थियो ।

कमेन्ट लोड गर्नुस