सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले तीन दलका नेतालाई निवासमै बोलाएर गरे छलफल

२०८१ जेठ २०, ०२:२६

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता पक्षकासहित तीन दलका नेतालाई आफ्नो निवासमै बोलाएर छलफल गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग देउवाले आफ्नो निवासमै बोलाएर छलफल गरेका हुन्। मधेस प्रदेशको सरकारको विषयमा छलफल गर्न नेताहरू जुटेको आकलन गरिएको छ। मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। त्यहाँ नयाँ सरकार गठनको पहल चलिरहेको छ। संघमा पनि कांग्रेसले जसपा नेपाल तथा लोसपा लगायतका दललाई समेटेर विपक्षी दलको बैठक राख्दै आएको छ। एकीकृत समाजवादी भने सत्ता गठबन्धनमै छ।

यद्यपि, सत्ता गठबन्धनप्रति बेलाबेलामा अध्यक्ष नेपालको असन्तुष्टि सार्वजनिक हुने गरेको छ। यसले गर्दा संघमै नयाँ सरकार बनाउने कसरत देउवाले गरिरहेको हुनसक्ने कतिपयको आकलन छ। बैठकपछि नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका छन्।

कमेन्ट लोड गर्नुस