सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

२०८१ जेठ २२, ०६:०२ खबर संवाददाता

इलाम: इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन। उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो। मृतकमा एक शिशु र एक महिला रहेका छन्। जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस