बनेपामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँः काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५÷२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।