सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

२०८२ भदौ १९, ०२:५७ खबर संवाददाता

काठमाण्डौः नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन्। 

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। 

निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ हिजोदेखि अवकाश पाएपछि खापुङले आजदेखि नेपाल प्रहरीको कमान्ड सम्हालेका हुन्। 

खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उहाँको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ। नभए उनि ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाने छन्। 

कमेन्ट लोड गर्नुस