दार्चुलाको शैल्यशिखर स्थित विद्यालयमा चोरी, डेढ लाख बराबरका सामग्री गायब
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलस्थित लटिनाथ आधारभूत विद्यालयमा मंगलबार राति चोरी भएको छ। विद्यालयको कार्यालयमा राखिएका करिब डेढ लाख रुपैयाँ बराबरका शैक्षिक र खेलकुद सामग्री हराएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर तितराले जानकारी दिए।
उनका अनुसार अज्ञात समूहले कार्यालयमा रहेका डीजे साउन्ड स्पीकर, ढोलक, खैजडीलगायतका सामग्री चोरी गरेको हो। बुधबार बिहान विद्यालय सञ्चालन गर्ने क्रममा चोरीको घटना पत्ता लागेको थियो।
घटनाबारे आवश्यक अनुसन्धानका लागि विद्यालयले प्रहरी चौकी बलाँचमा निवेदन दिएको छ । चोरीमा संलग्न व्यक्तिहरु वा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।