बन्द झुलाघाट नाका सञ्चालनमा
बैतडीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झुलाघाट नाकामा आवातजावत खुला गरेको छ।
जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले बुधवार दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो। केही घण्टा बन्द गरिएको नाका अपरान्हपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो।