सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको निगमको दाबी

२०८२ भदौ २७, ०२:२८ खबर संवाददाता

काठकाण्डौँः नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नभएकोे जनाएको छ। ग्यास अभाव हुने हल्ला फैलिरहेका बेला निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ग्यासको नियमित आपूर्ति भइरहेको जानकारी दिएका छन्। 

प्रवक्ता ठाकुरले सबैखाले पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। ग्यास अभाव हुने भन्दै अहिले ग्यास पसलहरुमा उपभोक्ताको भिड छ।

अति प्रज्वलनशील पदार्थ भएकोले खाना पकाउने ग्यासको सञ्चिती नगर्न निगमको आग्रह छ। धेरै ग्यास जम्मा गर्दा दुर्घटनाको जोखिम हुनसक्ने तर्फ सचेत गराएको छ। ट्याङ्कर र ग्यास ढुवानी गर्ने गाडीहरु चलिराखेकोले भारतबाट

पेट्रोलियम पदार्थ आयात भइरहेको प्रवक्ता ठाकुरले बताए। सबै उपभोक्ताले एकैपटक धेरै सिलिण्डर खरिद गर्दा कृत्रिम अभाव हुन सक्नेतर्फ निगमले सचेत गराएको छ।
 

कमेन्ट लोड गर्नुस