सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा महिलाकाे शव फेला

२०८२ असोज २०, १२:०७ खबर संवाददाता

धनगढी: कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका(९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।

नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका-१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ। उनको शव आइतवार फेला परेको हो।

कमेन्ट लोड गर्नुस