धनगढीको भानु माविमा वृक्षारोपण
धनगढी: धनगढी-१७ को भानु माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीले मङ्गलवार वृक्षरोपण गरेका हुन्।
विद्यालयमा ८१ बोट टेकुमा फूल १५ बोट अशोक, तीन बोट नीम र दुई बोट तेजपात रोपिएको प्रधानाध्यापक गोविन्द कलौनीले बताए।
बिरुवा खरिद गर्न विद्यालयका शिक्षक र व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूले आर्थिक सहयोग गरेको प्रधानाध्यापक कलौनीले बताए। शिक्षक र व्यवस्थापन समितिले पाँच हजार रुपैयाँ बराबरको बिरुवा खरिद गरी वृक्षारोपण गरेका हुन्।
टेकुमा, नीम र तेजपातको बिरुवा भने वनस्पति अनुसन्धान केन्द्र देरबारियाबाट निःशुल्क प्राप्त भएको प्रधानाध्यापक कलौनीले बताए। वृक्षारोपणमा विद्यालयका पूर्व विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। पुर्व विद्यार्थीहरू लोकराज जोशी, दीपक बोहोरा, विद्यालय कर्मचारी जनक चौधरी र यम बहादुर चौधरी तथा अभिभावक सिताराम चौधरी वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए।
यस्तै शिक्षक सुरेश राना र गोविन्द प्रसाद कलौनी पनि वृक्षारोपणमा सहभागी थिए।