सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्दै

२०८२ असोज २५, ०७:३० खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्दै छन्।

शनिबार बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने छ।

आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उहाँको भनाइ छ। यसअघि शुक्रवार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। 

कमेन्ट लोड गर्नुस