कस्तो रहला आज देशभरको मौसम?
२०८२ असोज ३१, ०६:१२
धनगढीः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
कमेन्ट लोड गर्नुस