सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी फाइनलमा

२०८३ मंसिर १, ०८:२२ खबर संवाददाता

 

साविक विजेता लुम्बिनी लायन्स एनपीएल सिजन–३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा गर्ने अभियानलाई थप बलियो बनाएको हो।

टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना भने कायमै छ। उसले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ।

कमेन्ट लोड गर्नुस