एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
२०८२ कार्तिक १२, ०२:११
धनगढीः नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्।
व्यवसायीसमेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाबारे उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाउको छ।
कमेन्ट लोड गर्नुस