सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर नर्स आन्दोलित 

२०८२ कार्तिक १४, ०२:४१ खबर संवाददाता

धनगढीः न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरिका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्। नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ असोज २४ गतेको पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग राखिएको छ।

कमेन्ट लोड गर्नुस