सुदूर नेपाललाई विश्वसँग जोड्दै

“रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ लाई आयोगबाट मान्यता

२०८२ कार्तिक २६, ०२:१५ रासस

काठमाडौँ: पूर्व सांसद रेशम चौधरीको संरक्षकत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको छ। अध्यक्ष कबीर सोप (जेन–जी) रहने गरी दर्ता गरिएको यस नयाँ दललाई आज आयोगले दलको मान्यता प्रमाणपत्र प्रदान गरेको हो।

रेशम चौधरी, कबीर सोपलगायतका नेताहरू आयोग पुगेर पार्टी मान्यताको प्रमाणपत्र बुझेका हुन्।

यसअघि रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा रहेको नागरिक उन्मुक्ति पार्टीबाट असन्तुष्ट हुँदै चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। अब चौधरी संरक्षक र कबीर सोप अध्यक्ष रहने गरी नयाँ दलले राजनीतिक गतिविधि सुरु गर्ने भएको छ।
 

कमेन्ट लोड गर्नुस