सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य

२०८२ मंसिर १३, ०१:४४ खबर संवाददाता

काठमाडौँ: संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई  ५२ रनको लक्ष्य दिएको छ। अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो।

मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १÷१ विकेट लिए । खेल जित्ने टोली  यू–१९ एसिया कपका लागि छनोट हुनेछ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
 

कमेन्ट लोड गर्नुस