सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पार्किङ गरिएको बसमा भीषण आगलागी

२०८२ मंसिर २१, १२:३९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा रोकेको अवस्थामा रहेको एक यात्रुबसमा आगलागी भएको छ। शनिबार राति बेदकोट नगरपालिका–२ जडेपानीमा पार्किङ गरी राखिएको बसमा लागेको आगोबाट बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

बेदकोट–२ जडेपानीका ३१ वर्षीय केशव नाथले बैजनाथ माध्यमिक विद्यालय नजिक सडक छेउमा पार्किङ गरेको पवनदुत यातायातको बा ३ ख ९८३७ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

मंसिर २० गते राति अपराह्न ११ बजेर ४० मिनटमा प्रहरीले खबर पाएको र घटनास्थलमा पुगेका प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए पनि बसलाई जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी ले बताए। बस पूर्णरूपमा क्षतिग्रस्त भएको र आगलागीको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस