सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा आराजु राणाको उम्मेदवारी चर्चामा

२०८२ मंसिर २१, ०१:३५ खबर संवाददाता

धनगढी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र भएको छ। पार्टी निकट स्रोतहरूका अनुसार केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आराजु राणा देउवा सो क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने विषयले आन्तरिक छलफलमा तातो विषय बनाएको छ।

जेनजी आन्दोलनपछि स्थानीय कार्यकर्ता, जनप्रतिनिधि र पार्टी नेतृत्वसँग निरन्तर सक्रिय देखिएका डा. राणाको उम्मेदवारीबारे चर्चा बलियो हुँदै गएको कांग्रेस स्रोतहरूले बताएका छन्। हालै कैलाली ५ का काँग्रेस नेताहरूबीच भएको परामर्शमा डा. राणाको नाम अग्रपंक्तिमा रहेको र उनी क्षेत्रको राजनीतिक गतिशीलतामा सक्रिय भईसकेको संकेत भेटिएको छ।

डा. आराजु राणाले पूर्व परराष्ट्रमन्त्रीका रूपमा कूटनीतिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेकी छन्। कांग्रेस निकट नेताहरूका अनुसार उनले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि मजबुत बनाउने, कूटनीतिक समन्वय र विदेश नीतिमा सक्रिय योगदान दिएका थिए। यही कारणले क्षेत्रभित्र पनि उनको नेतृत्व क्षमताबारे सकारात्मक बहस भइरहेकामा पार्टी स्रोतहरूले उल्लेख गरेका छन्।

यसअघि डा. राणा नारदमुनि रानासँग पराजित भएकी थिइन्, तर यसपटक स्थानीय नेतृत्व र कार्यकर्ता स्तरमा उनको प्रस्तुतिलाई नयाँ ऊर्जा र अवसरको रूपमा लिइएको बताइएको छ।

कैलाली–५ का काँग्रेस नेताहरूले छिट्टै आधिकारिक रूपमा नाम सिफारिस गर्ने तयारी थालेका छन्। चुनाव नजिकिँदै जाँदा क्षेत्रको राजनीतिक वातावरण चर्किँदै गएको र डा. आराजु राणाको सम्भावित उम्मेदवारीले कांग्रेसभित्र नयाँ उत्साह सिर्जना गरेको स्रोतले बताएका छन्।बब
 

कमेन्ट लोड गर्नुस